+
+
Shares

नारायणकाजी र जनार्दनको असहमति महाधिवेशनसम्म छलफलमा लैजाने

नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको असहमति महाधिवेशनसम्म छलफलमा लैजाने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको असहमति महाधिवेशनसम्म छलफलमा लैजाने निर्णय गरेको छ।
  • केन्द्रीय समितिले प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित पारित गरी समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ।
  • प्रचण्ड संयोजक रहने गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव सदर भएको छ र अन्य पदाधिकारी प्रस्ताव अस्वीकृत भएका छन्।

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको असहमति महाधिवेशनसम्म छलफलमा लैजाने भएको छ ।

बिहीबार सम्पन्न केन्दीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । हाललाई भने प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित पारित भएको छ ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । जसलाई केन्द्रीय समितिले स्वीकार गरेको छ । योसँगै माओवादी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।

आयोजक समितिको संयोजकमा प्रचण्ड नै रहनेछन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव पनि सदर भएको छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका थिए । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवाहक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव अस्वीकृत भएको छ ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका थिए । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव थियो  । शर्माको यो प्रस्ताव पनि अस्वीकृत भएको छ ।

तथापि, प्रचण्डले प्रस्तुत विचारलाई समेत ख्याल गरेर अगाडि बढिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?