+
+

डा. संगीता कौशल मिश्रा प्रमुख विशेषज्ञमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १९:०३

२२ असार, काठमाडौं । सरकारले स्वास्थ्य सेवा तर्फ डा. संगीता कौशल मिश्रालाई १२औं तह (प्रमुख विशेषज्ञ)मा बढुवा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा. मिश्रालाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

लोक सेवा आयोगले पठाएको दुई जनामध्ये मन्त्रिपरिषद्ले डा. मिश्रालाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिले डा. मिश्रासँगै डा टंकप्रसाद बाराकोटीको नाम सिफारिस गरेको थियो ।

स्वास्थ्यमा चार जना प्रमुख विशेषज्ञको दरबन्दी रहेको छ । जसमध्ये एक जना पद रिक्त छ । मन्त्रिपरिषद्ले उक्त रिक्त पदमा मिश्रालाई बढुवा गरेको हो । डा. मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?