+
+

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते ९:५६

२३ असार, काठमाडौं । १९ असारदेखि काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज नेताहरुले उठाएका प्रश्नको जवाफ दिंदै छन् । आजको बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्ने छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली प्रस्तुत गर्ने बताए । ‘आज पदाधिकारीसहित सबै टुंगो लाग्छ,’ शाहले अनलाइनखबरसँग भने, ‘हामीले अध्यक्षजीलाई तपाईं नामावली ल्याउनुस् हाम्रो साथ समर्थन रहन्छ भनेका छौं, उहाँले आज ल्याउनुहुन्छ ।’

गत मंगलबारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुंगो लगाउन प्रचण्डले मंगलबार र बुधबार आन्तरिक छलफल गरेका थिए ।

पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य टुंगो लगाउने गृहकार्य गर्न भन्दै मंगलबार केन्द्रीय समितिको बैठक स्थगित गरिएको थियो । बुधबार पनि संसदमा सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको थियो । बुधबारको संसद बैठकमा महासचिव पदका आकांक्षी जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?