+
+

मोरङको सिंघिया खोलामा शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १०:१३

२३ असार, विराटनगर । सिंघिया खोलामा पुरुषको शव फेला परेको छ । बिहीबार बिहान अन्दाजी ४०-४५ वर्षीय पुरुषको शव फेला परेकाे हाे ।

मृतकको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार सिंघिया खोलाले बगाएर मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा पुर्याएको अवस्थामा शव फेला परेको हो ।

खोलामा शव देखेपछि स्थानीयले बिहान  प्रहरीलाई खबर गरेका थिए । सडेर दुर्गन्ध फैलिएको अवस्थामा शव भेटिएको डिएसपी श्रेष्ठले बताए । मृतकको पहिचान गर्ने प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?