+
+

राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष राप्रपामा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १४:१९

२३ असार, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष र महासचिव राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । बिहीबार उक्त संगठनका अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता प्रदान गरे ।

केही दिनअघि संगठनका अर्का महासचिव दीपेश शाह पनि राप्रपामा प्रवेश गरिसकेका छन् । संगठनका अध्यक्ष रजवार कैलालीको ऐेश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । रजवार तीन महिना अघि मात्रै राप्रपा नेपालको विद्यार्थी संगठनको अध्यक्ष बनेका थिए ।

पार्टी प्रवेशपछि रजवारले थापाले राजसंस्था पुनःस्थापनाको एजेन्डालाई पार्टीको नीति नबनाएपछि राप्रपामा समाहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?