+
+

अर्थसचिव मरासिनी फर्किए मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १४:५१
फाइल तस्वीर

२३ असार, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिएपछि उनी बिदा छोट्याएर बिहीबार मन्त्रालय हाजिर भएका हुन् । मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर मरासिनी बिदामा बसेका थिए ।

बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएकोबारे मन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि उनी बिदामा बसेका थिए । श्रीमती बिरामी भएपछि आफू बिदामा बस्न लागेको जानकारी उनले मन्त्रालयमा गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?