+
+

‘बाबरी’ फिल्मको गीत ‘चुलबुल चुलबुल’मा रोमान्टिक अदिती र धीरज

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १५:३७

काठमाडौं । भदौ ३१ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’को नयाँ गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अदिती बुढाथोकी र धिरज मगर फिचर्ड छन् । सुजन चापागाईले संगीत गरेको गीतमा रविन्द्र लामिछानेको शब्द रचना छ ।

विक्रम लामा र एञ्जिला खत्रीको नृत्य निर्देशन रहेको डान्स ट्रयाक रोमान्टिक लाग्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

फिल्ममा धिरज नाडकर, बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गरुङको संगीत तथा एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।

पटकथा तथा संवाद रितसिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?