+
+

प्रदेशमा आन्तरिक मामिला मन्त्रालयको नाम फेरेर गृह राखौं : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १५:५०

२३ असार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नाम परिवर्तन गरी गृह मन्त्रालय राख्न सातै प्रदेशका मन्त्रीसँग आग्रह गरेका छन् ।

शान्ति सुरक्षा तथा विपद व्यवस्थापनसम्बन्धी सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको जनकपुरधाममा आयोजित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उक्त आग्रह गरेका हुन् । उनले संघमा गृह मन्त्रालय रहेको र प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखिएपछि बुझाउनै गाह्रो भएको बताए ।

उनले मधेश प्रदेशले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नाम परिवर्तन गरी गृह राखिसकेको भन्दै अन्य प्रदेशका मन्त्रीलाई पनि नाम परिवर्तन गर्न आग्रह गरे ।

‘आन्तरिक तथा कानूनलाई गृह बनाएर अघि नबढे हामी केही गर्न सक्दैनौं’ उनले भने ।

प्रहरी, प्रशासनबाट शाषण गर्ने शाषकीय मनोवृत्तिका कारण प्रहरी समायोजन हुन नसकिरहेको भन्दै उनले प्रहरी प्रशासन र शान्ति सुरक्षा प्रदेशको एकल सूचीमा रहे पनि संघ सरकारले दिन नचाहेको उनले बताए ।

प्रहरी प्रशासनविना सरकारको कल्पना गर्न नसकिने भन्दै उनले दुर्भाग्यले संविधान सबैको बन्न नसकेको बताए । उनले संघीयता कार्यान्वयन गर्नका निम्ति, संघीय सरकारले बेइमानी गर्दै आएकाले त्यसको विरुद्ध यो वैठकको आयोजना गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?