+
+
Shares

बच्चाको स्वास्थ्यमा असर गर्ने जी ल्याबोरेटरीबाट उत्पादित भिटामिन डी–३ प्रयोगमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते २०:०८

२३ असार, काठमाडौं । औषधि व्यवस्था विभागले भारतीय कम्पनी जी ल्याबोरेटरीबाट उत्पादित बायोडी ड्रप (भिटामिन डी-३) प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

विभागले यो ड्रप्स विभागमा दर्ता नभएको र यसको प्रयोग गरिएका बच्चाहरुको स्वास्थ्यमा विभिन्न नकारात्मक असर (एडभर्स इफेक्ट) देखिएको जनाएको छ ।

उक्त औषधि दर्ता नभएको भन्दै विभागले नेपालमा आयात तथा बिक्री वितरण नगर्न समेत चेतावनी दिएको छ ।

नेपाली सेनाले सैनिक अस्पतालको प्रयोगका लागि खरिद गरी ल्याएको उक्त औषधिमा भिटामिन डी थ्रीको मात्रा चार सय गुणा बढी विभागको स्रोतले जानकारी दिएको छ ।

नवजात शिशुमा प्रयोग हुने भिटामिन डी थ्री झोल औषधिमा डी थ्रीको मात्रा मापदण्डभन्दा चार सय गुणा बढी भएको पाइएको हो । यो औषधि प्रयोगबाट शिशुहरुको मिर्गौलामा गम्भीर असर देखिएपछि उक्त विषयवस्तु उजागार भएको थियो ।

नेपाली सेना भने आफूले औषधि व्यवस्था विभागमा दर्ता भएकै औषधि खरिद गरेको जनाएको छ । बच्चाहरुको स्वास्थ्यमा विभिन्न नकारात्मक असर गरेको पाइएपछि परीक्षण गर्दा भिटामिन थ्री डीको मात्रा मापदण्ड भन्दा धेरै गुणा बढी भएको पुष्टि भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

‘हामीले जहाँबाट जसरी औषधि खरिद गरे पनि औषधि व्यवस्था विभागमा दर्ता भएको प्रमाणपत्र खोज्छौं । प्रमाणपत्र देखाएपछि मात्रै टेण्डर स्वीकृति प्रक्रियामा जान्छ,’ सिलवालले अनलाइखबरसँग भने,’ बालबालिकालाई नकारात्मक असर देखिएपछि हामीले बन्द गर्न लागि विभागलाई दुई महिना अगाडि निवेदन लेखेका थियौं ।’

बायोडीजस्ता भिटामिनजन्य औषधि बालबालिकामा कुपोषण, जन्डिस आदि समस्या हुँदा सिफारिस गर्ने गरिन्छ । तर, भिडामिन डी थ्री को उच्च प्रयोगले मिर्गौला, हड्डीमा गम्भीर असर पु‍याउने तथा बालबालिकामा क्यान्सरसम्म गराउने चिकित्सकहरु बताउँछन् ।

फर्मास्युटिकल्स डोज फर्ममा जस्तै ट्याब्लेट, क्याप्सुल तथा झोल लगायतका औषधि र त्यसका समिश्रणहरु बजारमा अत्यधिक मात्रामा आयात, सञ्चय, बिक्री विरतण र प्रयोग भइरहेको भन्दै विभागले ध्यानाकर्षण भएको जनाएको छ ।

अनावश्यक र उपयोगिता नहुने यस्ता वस्तुलाई औषधि ऐनको दफा २५ अनुसार २०४९ सालमा नै राजपत्रमा सूचना प्रकाशित गरी प्रतिबन्ध गरिएको समेत विभागले जनाएको छ ।

हेर्नुस् सूचना 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?