+
+

भरतपुर अस्पतालको भर्‍याङमुनि बेबारिसे भेटिए नवजात शिशु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते २१:१६

२३, असार, चितवन । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलसहितका केही स्टार्फहरु बिहीबार दिउँसो भर्खरै बनेर सकिन लागेको सी ब्लक भवनको पहिलो तलामा उक्लिदै थिए । अस्पतालको भर्‍याङमुनि कपडामा बेरिएको अवस्थामा केही राखिएको जस्तो देखे ।

अरु भन्दा अगाडि रहेका पौडेलले कपडा भित्र हातखुट्टा चलेको जस्तो देखे । हत्तपत्त तल झरेर हेर्दा एक नवजात शिशुले हात चलाइरहेको थियो । चिसो भूइँमा राखिएको शिशु रोएको थिएन । यसो काखमा लिएर बच्चा हेरे, तातै थियो बच्चा । हत्तपत्त प्रहरीलाई खबर गरे ।

जन्मिएको दुई दिन मात्रै भएको नवजात शिशु (छोरी) केही घण्टा अगाडि मात्रै कसैले भर्‍याङमुनि छाडेर गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

‘अस्पतालमा दैनिक ३५ देखि ४० जना महिला सुत्केरी हुन्छन्, अस्पतालभित्रकै कसैले छाड्यो कि बाहिरबाट कसैले ल्याएर छाड्यो  केही थाहा हुन सकेको छैन’, सूचना अधिकारी पौडेलले भने, ‘हामीले अस्पताल भित्रका केहीदिन अगाडि सुत्केरी गराएका आमाहरुको तथ्यांक पनि हेरिरहेका छौं ।’

शिशुलाई कसले छोडेको भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

नवजात शिशुलाई अस्पतालको एनआईसीयू कक्षमा राखिएको छ । अस्पतालको एनआईसीयू इन्चार्ज डा.ओमकृष्ण पाठकले शिशुमा केही संक्रमण देखिएकोले परीक्षणका लागि पठाइएको बताए । शिशुको तौल करीव ३ किलोग्राम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?