+
+
फ्राइडे रिलिज :

हलमा लागे द्वन्द्वको त्रासदी सम्झाउने ‘दोख’ र सुपरहिरो फिल्म ‘थोर’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते ११:४४

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथा पेश गर्ने फिल्म ‘दोख’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

अनुप बराल निर्देशित फिल्ममा मनिष निरौला, दीया मास्के, माओत्से गुरुङ, लोकमणि सापकोटा, सुरज मल्ल र रोयदीपको मुख्य भूमिका छ । २ घण्टा १३ मिनेट लामो फिल्मलाई समीक्षकले रुचाएका छन् ।

सशस्त्र द्वन्द्वको तत्कालीन परिवेशमा सामुदायिक वनको स्वामित्वलाई लिएर दुई गाउँबीच भएको किचलो र त्यसमा माओवादी विद्रोही तथा सेनाबीचको परिस्थितिलाई चित्रण गरिएको छ ।

नेपाली मौलिक कथावस्तुमा निर्माण भएको ‘दोख’लाई राजन कठेतले लेखेका हुन् । ‘फिट्किरी’पछि बराल निर्देशित दोस्रो फिचर फिल्म दोखले बौद्धिक दर्शकलाई लोभ्याउन सक्ने आशा लिइएको छ ।

शुक्रबारै हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘थोर : थन्डर एन्ड लभ’ पनि नेपालसहित विश्वभर रिलिज भएको छ । मार्भल स्टुडियोको यो फिल्ममा क्रिस हेम्सवर्थ, नाटाली पोर्टम्यान, क्रिस्टिन बेल लगायतको मुख्य भूमिका छ ।

टाइका वाट्टी निर्देशित फिल्म २ घण्टा ५ मिनेट लामो छ । तपाईं मार्भलको थोर सुपरहिरो सिरिजको नियमित दर्शक हुनुहुन्छ भने तपाईंलाई रुचिकर हुनसक्छ ।

‘दोख’को विशेष शो

अनुप बराल निर्देशित फिल्म ‘दोख’को शुक्रबार बिहान विशेष शो गरिएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित विशेष शोमा फिल्मका निर्देशक बराल, मुख्य कलाकार दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीपसहित अन्य सेलिब्रिटी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?