+
+

‘वर एण्ड वधु’ छायांकनका लागि रोमानिया उडे आँचल र हिमेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १३:११

काठमाडौं । प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘वर एण्ड वधु’को छायांकन शनिबारदेखि युरोपेली मुलुक रोमानियामा हुने भएको छ । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

टर्किस एयरलाइन्सबाट रोमानिया प्रस्थान गरेको टोलीमा नृत्य निर्देशक कविराज गहतराज र सहअभिनेत्री सृष्टि खड्का समेत छन् । निर्देशक मिलन चाम्स, अभिनेता विवेक कर्माचार्य र छायांकार सुदीप बराल गत साता नै त्यसतर्फ लागिसकेका छन् ।

१५ दिन रोमानियाको राजधानी बुकारेस्टमा फिल्मको छायांकन हुने जनाइएको छ । रोमानिया पुगेका नेपालीको कथावस्तु समेटेर त्यहाँ फिल्मांकन गर्न लागिएको हो । त्यसपछि नेपालमा छायांकन तयारी छ ।

यही फिल्मबाट डेब्यु गर्न लागेका कमेडी च्याम्पियन पन्तले यसमा गैरआवासीय नेपालीको भूमिकामा अभिनय गर्न लागेका छन् । मल्टिस्टारर फिल्ममा आँचल र विवेकले जोडी बाँध्दैछन् । फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ ।

नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको बजेट तीन करोड रुपैयाँ बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?