+
+

नेप्से ३४.७१ अंकले घट्यो 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १३:३६

२४ आसार, काठमाडौं । साताको अन्तिम कारोबरा दिन शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ । शुक्रबार नेप्से ३४.७१ अंकले घट्दा १९९२.६१ बिन्दुमा बन्द भएको हो ।

नेप्सेसँगै सबै उपसूचक पनि घटेका छन् । व्यापार, होटल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेको छ ।

घटेको बजारमा शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख ८४ हजार कारोबार हुँदा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीको ३ करोड ९७ लाख ६७ हजारको कारोबर भएको छ।

शुक्रबार बजारमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७६ कम्पननीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । ग्लोबल आईएमई समुन्नती स्किल १, नबिल स्किल फण्ड लगायको मूल्य धेरै बढेका छन् । यता हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ५.४४ प्रतिशतले गिरावट हुँदा बलेफी हाइड्रो पावर, हिमाल दोलखा हाइड्रो पावर, बेष्ट फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?