+
+

बालेनले बाबुरामलाई भेटेर सुनाए महानगरका योजना

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १५:०५

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

भट्टराई निवासमा पुगेका बालेनले काठमाडौंको शहरी विकास र सभ्यताको विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा महानगरका ढलहरु ४० वर्ष पुरानो भएकोले फेर्नुपर्ने मेयर बालेनले बताएका थिए ।

उनले काठमाडौंमा सार्वजनिक सवारीलाई व्यवस्थित बनाउनको लागि एकीकृत ढंगले प्राधिकरण गठन गरेर एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने योजना सुनाएका थिए ।

काठमाडौंको सभ्यता र विकाससँग सँगै कसरी लैजाने भन्नेबारे बाबुराम भट्टराईको रायसमेत बालेनले मागेका थिए ।

भट्टराई काठमाडौं देशकै राजधानीमा युवा पुस्ताले गरेको विद्रोह सकारात्मक भएको भन्दै राजनीतिमा पढेलेखेका युवाहरु आउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

भेटघाटपछि भट्टराईले सामाजिक सञ्जाल टुईटरमा लेखेका छन् ‘काठमाडौं मनपा मेयर बालेन शाह र टिमसंग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक
विमर्श, सफलताको हार्दिक शुभकामना ।’

बाबुरामसँगै उनीकी पत्नी हिसिला यमी, छोरी मानुसी यमी भट्टराई पनि छलफलमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?