+
+

शेरबहादुर तामाङले भने : नागरिकता कानूनको गर्भपतन गरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १५:२५

२४ असार, काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले संसदमा पेश भएको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएर सरकारले नागरिकता कानूनको भ्रूण हत्या गरेको आरोप लगाएका छन् ।

नागरिकता सम्बन्धी विधेयक लिने सरकारको प्रस्तावप्रति विरोध जनाउँदै उनले भने, ‘सरकारले नागरिकता कानूनको भ्रूर्ण हत्या गरेको छ, जन्मन लागेको नागरिकता कानूनको गर्भपतन गरिएको छ, यो गलत छ ।’

उनले पारित गर्ने चरणमा पुगेको विधेयक फिर्ता लिएपछि अहिलेको संसदबाट नागरिकता सम्बन्धी ऐन बनाउनै नसकिने बताए ।

सरकारले नागरिकता सम्बन्धी ऐन बनाउन नसकेका कारण धेरै जना नागरिकता पाउन नसकेर समस्यामा परेको सांसद तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?