+
+

काठमाडौं महानगरको बजेट पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १८:११
फाइल तस्वीर

२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ ।

वडाबाट छलफलविना बजेट पारेको भन्दै नगरसभा सदस्यहरुले मेयर बालेन्द्र साहको  ध्यानाकर्षण गराएका थिए । यस्तै बजेटमा दलित शब्द नपरेको भन्दै केही नगरसभा सदस्यहरुले आपत्ति जनाएका थिए ।

तीन वटा वडाका लागि एकजना मात्रै इन्जिनियर खटाएको प्रति असन्तुष्ट व्यक्त गर्दै नगरसभा सदस्यहरुले प्राविधिक जनशक्ति आवश्यक रहेको बताएका थिए ।

मेयर साहले दलित शब्द राख्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए । बजेट र कार्यक्रम नपरेको भए १२ वटा विषगयत समितिका संयोजकलाई जानकारी दिन साहले आग्रह गरेका थिए । विनियोजन विधेयक पनि सर्वसम्मत पारित भएको छ । १७ असारमा महानगरले आर्थिक विधेयक सर्वसम्मत पारित गरेको थियो । आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरुमा छलफल भएको थियो ।  छलफलमा उठेका प्रस्तावहरुसंशोधन सहित समावेश गर्ने प्रतिबद्धता मेयर साहले व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?