+
+

१० वर्षपछिको नेपाल र भूराजनीतिबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १८:२२

२४ असार, काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित थेम्स इन्टरनेशनल कलेजले यही जुलाई ७ र ८ मा थेम्स एसेम्बलेज २०२२ को आयोजना गरेको छ ।

होटल हायात परिसरमा रहेको तारागाउँ म्युजियममा आयोजना गरिएको कार्यक्रममा १० वर्षपछिको नेपालको आर्थिक र सामाजिक दृष्टिकोणदेखि नेपालका भूराजनीति चुनौती, सिनेमा र समाज लगायत बिभिन्न विषयमा छलफल भएको थियो ।

त्यसैगरी पुस्तक चर्चा, पुस्तक मेला र बिभिन्न स्टलहरु समेत राखिएको थियो ।

कार्यक्रममको पहिलो दिन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दश बर्षपछिको नेपालः सामाजिक र आर्थिक दृष्ट्रिकोण विषयमा प्रवचन दिएका थिए ।

पूर्वप्रधानमन्त्री भट्टराई नेपालले आगामी दिनमा नेपालले अपनाउनु पर्ने राजनीतिक, आर्थिक प्रणालीको बारेमा धारणा राखेका थिए । उनले यस्ता धारणा राख्दा क्षेत्रिय र अन्तरराष्ट्रिय परिवेश कस्तो हुन्छ र कता जान्छ भन्ने पनि ख्याल राख्नुपर्ने धारण राखे ।

उनले अबको १० वर्षमा चीन सबैभन्दा ठूलो अर्थतन्त्र हुने र विश्वमा १० ठूला अर्थतन्त्रमध्ये ५ वटा एसिया क्षेत्रका मुलुकहरु हुने उल्लेख गदै त्यसबाट फाइदा उठाउनु पर्ने बताए ।

पहिलो दिन नै क्वेष्ट फर डिग्नीटी नामक प्रर्दशनी भएको थियो । त्यसैले पुस्तक कुराकानीमा दि वेफरवार्डः अ काठमाडौ स्टोरीबारे कुराकानी भएको थियो जहाँ लेखक श्रद्दा घलेले प्रवचन दिएकी दिइन् ।

दोस्रो दिन कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधिर शर्माले भूराजनीति र नेपालको विषयमा प्रवचन दिएका थिए । सो कार्यक्रममा उनले विश्व भूराजनीतिको बारेमा ब्याख्या गदै नेपालले संचालन गर्नुपर्ने परराष्ट्र नीतिका सम्बन्धमा प्रवचन दिएका थिए । उनले नेपालका बिभिन्न भूराजनीतिक चुनौतीहरु बारे विस्तृतमा ब्याख्या गरेका थिए ।

त्यसैगरी दोस्रो दिन सिनेमा, समाज र बजारका बारेमा प्यानल छलफल भएको थियो । कलाकारहरु दयाहाङ राई, दिया मास्कने लगायतकाले सिनेमा र नेपाली समाजका बिभिन्न आयामहरुबारे छलफल गरेका थिए। यो थेम्स कलेजले प्रत्येक वर्ष आयोजना गर्ने बार्षिक कार्यक्रम हो ।

विशेषत युवा युस्तालाई अहिलेको राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक विषयहरुमा जानकारी गराउने उदेश्यकले सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमा विद्यार्थी, शिक्षक, संचारकर्मी लगायत बिभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो दिन कलेजका अध्यक्ष राजेन्द्रमान शेरचनले सो कार्यक्रमका विविध पक्षहरुबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?