+
+

समयमा तलब नपाएको र कम पाएको भन्दै पत्रकार महासंघमा ३०० उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते १२:३७

२५ असार, काठमाडौं । नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी परेको छ ।

महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा आफू अध्यक्ष भएर आएपछि मात्रै ३०० उजुरी परेको जानकारी दिएका हुन् ।

शनिबार ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले महासंघले समस्यामा परेकाहरूको सन्दर्भमा मौखिक आग्रह गर्ने, नभए दबाब दिने र मुद्दाको प्रक्रियामासमेत जाने रणनीति अन्तरगत कार्य गर्दै आएको बताए ।

तलब नदिने मिडियालाई कालो सूचीमा राखेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । महासंघ मिडिया हाउसको अगाडि उभिन, सडकमा उत्रिन र मन्त्रालयको अगाडि उभिन तयार रहेको बताए ।तर समस्या समाधानका लागि नीतिगत रुपमै सुधार गरेर जानुपर्नेमा उनले जोड दिए ।

‘हाम्रो आँखामा परेका पत्रकारका समस्या समाधान गर्न सकिएला तर आँखामा नपरेका साथीहरूको समस्या समाधान गर्न व्यक्तिगत रुपमा नसकिएला यसकारण नीतिगत रुपमै समाधानमा केन्द्रित हुनुपर्ने छ । हामी यसमै केन्द्रित छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?