+
+

विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुन्छ : प्रदेश प्रमुख परियार   

रासस रासस
२०७९ असार २६ गते ९:१५

२६ असार, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश प्रमुख तिलक परियारले विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुने बताएका छन् ।

बकर ईद (इद-उल–अज्हा)का अवसरमा इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै उनले यस्ता चाडपर्वको माध्यमबाट विभिन्न जातजाति र समुदायको संस्कृति र परम्पराको संरक्षण भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताएका हुन् ।

हाम्रो विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना अझ बलियो बनाउने सन्देश बकर ईदले दिने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख परियारले सहिष्णु र सभ्य समाज निर्माण गर्न यसले सबै नेपालीलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

उनले कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?