+
+

प्रदेश १ को पूँजीगत खर्च ९० प्रतिशत, मन्त्री भन्छन् : ऐतिहासिक रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते ७:२६

२७ असार, विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा  पूँजीगततर्फ ९० प्रतिशत बजेट खर्च गरेको छ ।

असार २५ गतेसम्म  प्रदेश सरकारले विनियोजन भएको बजेटको ९० प्रतिशत खर्च गरेको हो । प्रदेश १ सरकारको बजेट खर्चमा यो नयाँ रेकर्ड हो ।

प्रदेश १ ले चालु आर्थिक वर्षका लागि पूँजीगततर्फ १८ अर्ब छ करोड ३० लाख ८५ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये १६ अर्ब ८५ करोड बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले जानकारी दिए । यो खर्च ९० प्रतिशत रहेको  हो । गत आर्थिक वर्ष प्रदेश सरकारले पूँजीगत खर्च बढीमा ६५ प्रतिशतमात्रै गरेको थियो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले (सशर्त अनुदान थपसहित) ३४ अर्ब ५४ करोड १३ लाख बराबरको बजेट ल्याएको थियाे । जसमध्ये  ३० अर्ब २८ करोड खर्च भएको छ । चालुतर्फ बजेट १६ अर्ब ६३ करोड आठ लाख बजेट मध्ये ७९ प्रतिशत बजेट खर्च भएको छ ।  स्थानीय तहको अनुदान ९८ प्रतिशत बजेट खर्च भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले यसअघि कुनै पनि सरकारले ९० प्रतिशत बजेट खर्च गर्न नसकेको बताए । उनले याे खर्च ऐतिहासिक भएकाे बताए । उनले भने, ‘प्रदेशको मात्र होइन कुनै पनि सरकारले यति खर्च गर्न सकेको छैन आजसम्म ।’

‘प्रदेश १ को चालु वर्षको बजेट कार्यान्वयन पूरा हुँदै गर्दा असार २५ सम्मको जम्मा खर्च ३० अर्ब २८ करोड अर्थात् ८७.१३ प्रतिशत पुगेको छ’ आर्थिक मामिला मन्त्रालयका सचिव दाहालले भनेका छन्, ‘ चालु ७९ प्रतिशत र पूँजीगत खर्च १६ अर्ब ८५ करोड अर्थात् ९० प्रतिशत रहेको छ भने स्थानीय तहको अनुदान ९८ प्रतिशत खर्च भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?