+
+

लोकसेवा परीक्षामा कान्स रेडकार्पेटबारे प्रश्न सोधिएकोमा सुरक्षा खुसी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते ११:५८
अभिनेत्री सुरक्षा पन्त । फाइल तस्वीर

काठमाडौं । गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेडकार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन् ।

आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर पाएकी थिइन् । तर नेपाली फिल्मबाटै कसले कान्समा पहिलोपटक हिंड्ने अवसर पाउनेछ भन्ने त्यो भविष्यको कुरा हो ।

कान्स रेडकार्पेटमा हिंडेकी सुरक्षा नेपाली मात्र होइन, विश्व मिडियामा चर्चाको विषय बनिन् । उनको यो चर्चालाई नेपालको लोकसेवा आयोगले पनि पछ्याएको छ ।

असार २३ गते भएको नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा यसबारे प्रश्न सोधिएको छ ।

प्रश्न नम्बर १९ मा लोकसेवाले सोधेको छ, ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिंड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ? प्रश्नमा चारवटा विकल्प छन्– प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर ।

लोकसेवाको प्रश्नपत्र फेसबुकमा सेयर गर्दै सुरक्षाले खुसी व्यक्त गरेकी छन् । ‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ उल्लेख गर्दै उनले हर्ष व्यक्त गरेकी छन् । लोकसेवाको प्रश्नलाई सरकारी अभिलेखको एउटा आधार पनि मानिने भएकाले सुरक्षा मात्र होइन, नेपाली फिल्म उद्योगकै लागि यो खुसीको कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?