२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् ।
पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा ओली सरकारको विरोध गरेका थियौं । हामीले त्यो बेला विरोध गरेको अध्यादेश विधेयकका रुपमा ल्याउनु गलत छ । यो फिर्ता हुनुपर्छ ।’
सरकारले हालै मात्र संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4