+
+

कमला नदी किनारमा दुई युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १६:३९

२७ असार, जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका-१ बन्दीपुरस्थित कमला नदी किनारमा दुई युवकको शव फेला परेको छ ।

बन्दीपुरका १७ बर्षीय मोहम्मद अली र भारतको बिहार घर भएका १९ बर्षीय जफर शेखको शव सिरहा–धनुषाको बीचमा रहेको कमला नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ । जफर शेख आफ्नो मामाको घर सिरहामा बकर इद पर्व मनाउन आएका थिए ।

आइतबार दिउँसो घरबाट निस्किएका दुबै जना घर नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजीका क्रममा सोमबार बिहान दुबैको शव फेला परेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार कपडा खोलेर दुबै जना पौडी खेल्न नदीमा पसेको प्रहरी अनुसन्धानबाट देखिएको छ । दुबैको शव पोष्टमार्टमका लागि लहान अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?