+
+

संवैधानिक परिषदसम्बन्धी विधेयकमा ओलीको प्रतिक्रिया : मुद्दा फिर्ता लिनुपर्छ, जनतासँग माफी माग्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १७:३३

२७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी विधेयक ल्याउनुअघि सरकारले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् ।

साथै हिजो जानिएनछ भनेर जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्ने समेत उनले बताए ।

ओली सरकारले ल्याएको अध्यादेश र त्यसविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्योदशकै भावको विधेयक राष्ट्रियसभामा दर्ता गरिएको छ, जसको चौतर्फी विरोध भइरहेको छ ।

सोमबार सम्पादकहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले विधेयक ल्याउँदा आफूहरुसँग सल्लाह नभएको बताए । उनले अघि भने, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदलतमा मुद्दा हलेको छ, यता राष्ट्रियसभा जस्तो ठाउँमा लगेर नगरी हुँदैन, संविधानसम्मत छ भनेको छ । यो भन्दा निर्लज्ज, दुईमुखे दुईजिब्रे अरु के हुन्छ ?’

‘यो लज्जानपस्पद कुरा हो । उहाँहरुले त्यो मद्दा फिर्ता लिनुपर्छ । हिजो गरेको कामहरुमा माफी माग्नुपर्छ । हिजो हामीले जानेनछौं भनेर नेपाली जनतासँग भन्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?