+
+

प्रदेश १ को नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १८:५८

२७ असार, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रदेश १ को प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति निकालेर आदिवासी जनजातिको पहिचानविपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचान विपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाती महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौं ।’

ऐतिहासिक थाकथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामाकरण हुनुपर्नेमा त्यस विपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत भत्सना गरेको छ ।

प्रदेशको नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिचानका आधारमा नामाकरणका लागि सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?