 
																			२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सहित उपत्यकाका जनप्रतिनिधिहरु सोमबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । उपत्यकाका नगरपालिका प्रमुखलाई समेत विपक्षी बनाई दायर भएको एक मुद्दाको सुनुवाइका क्रममा नगर प्रमुखहरु अदालतमा उपस्थित भएका हुन् ।
जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेतले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, काठमाडौं उपत्यकाका स्थानीय तह, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलगायतका निकायलाई विपक्षी बनाइएको थियो । सो मुद्दामा सोमबार न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
उक्त मुद्दामा सर्वोच्चले विपक्षीलाई अदालतमा हाजिर हुन आदेश गरेको थियो । उपत्यकाका एक मेयरका अनुसार सोमबार उपत्यकाका सबैजसो स्थानीय तहका जनप्रतिनिधि सर्वोच्च अदालत पुगेर बागमती र अन्य नदी संरक्षणसम्बन्धी कार्ययोजना बुझाएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले सरसफाइको विषयमा प्रगति प्रतिवेदन अदालत समक्ष पेश गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4