+
+

गुल्मीको खर्ज्याङ खोलामा पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १०:५७

२८ असार, गुल्मी । गुल्मी जिल्लाको खर्ज्याङ खोलामा एक जना पुरुष मृत फेला परेका छन् ।

छत्रकोट गाउँपालिका वडानम्बर- ५ निवासी ६७ वर्षका कृतिकुमार श्रेष्ठ सोमबार बेलुकी  मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए ।

स्थानीयवासीले खर्ज्याङ खोलाको किनारमा घोप्टो परी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । थप अनुसन्धानको लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?