
२८ असार, काठमाडौं । श्रीलंकाका प्रमुख विपक्षी दलका नेता सजित प्रेमदासाले आफू राष्ट्रपति बन्न इच्छुक रहेको बताएका छन् ।
देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेपछि राष्ट्रपति गोटावाया राजापक्षेले बुधबार राजीनामा दिने बताएका छन् । राजापाक्षेले राजीनामा दिएपछि राष्ट्रपतिको उम्मेदवारमा सहमति जुनाउन उनको दल समगी जन बलवेगया (एसजेबी) समर्थन जुटाउन अन्य सहयोगीहरूसँग छलफल गरेको थियो ।
छलफलपछि बीबीसीसँगको कुराकानीमा प्रेमदासाले आफू सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन् । राजापक्षेले बुधबार राजीनामा दिएमा एक हप्तामा नयाँ राष्ट्रपति चयन गरिने छ ।
प्रेमदासा सन् २०१९ मा राष्ट्रपति निर्वाचन लडेका थिए । तर त्यतिबेला उनी पराजित भए ।
(- एजेन्सीको सहयोगमा ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4