+
+

उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १३:३७

२८ असार, काठमाडौं ।  राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महंगिका कारण जनता आक्रान्त भएको बताए ।

उनले दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मुल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरु मन्द गतिमा भएको उल्लेख गरे ।

सांसद विश्वकर्माले ठेकेदारहरुको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरु रोकिएको भन्दै उनीहरुलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताए ।

उनले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने बताए । उनले आयातलाई कम गर्दै लानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?