+
+

म्याग्दीको बेगखोलामा पक्की पुल नहुँदा स्थानीयवासी जोखिममा

रासस रासस
२०७९ असार २८ गते १३:५९

२८ असार, गलेश्वर । मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी-जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला वारपार गर्न नसक्दा सवारी साधन घण्टौँसम्म रोकिनुपर्छ ।

बाढीले दैनिकजसो बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदलयात्रु बाटोमा अलपत्र पर्ने गरेका स्थानीय टेकसरा पुनले बताए । २०७३ साल भदौ १६ गते रातिको बाढीले बेगखोलाको बस्तीसँगै झोलुङ्गे पुल र बेलिब्रीज बगाएको थियो । त्यसयता अस्थायी संरचनासमेत बन्न नसक्दा वर्षाको समयमा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका यात्रु कृष्ण शर्माले बताए ।

पैदलयात्राका लागि हालै सामान्य काठे पुल स्थानीयवासीले बनाएका छन् । तर सवारी साधनलाई अन्य कुनै विकल्प नहुँदा अझैसम्म जोखिम मोलेरै खोला वारपार गराउने गरेको यातायात व्यवसायी सागर पुर्जाले दुःखेसो व्यक्त गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?