+
+

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:५१

२८ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक विदा दिने भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले मंगलबार एकसूचना जारी गर्दै बिदा दिने जनाएको हो ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए ।

प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?