
२८ असार, काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौँको गोंगबु चोकबाट गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा १० सुकेपोखरी घर भइ काठमाडौंको कपन बस्ने ३० वर्षीय मनोज घिमिरे रहेका छन् ।
काठमाडौं बुद्धनगरबाट हराएको बागमती प्रदेश ०२-०२४ प ०१८९ न.को रातो रङको २०० सी.सी.को पल्सर मोटरसाईकलसहित उनलाई गोंगबुबाट पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाले बताए ।
उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२-०२४ प ०१८९ खुल्न आएको सो मोटरसाईकल जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-७ घर भई हाल काठमाण्डौं बुद्धनगर बस्ने सौगन श्रेष्ठको रहेको छ ।
पक्राउ परेका उनमाथि चोरी मुद्दामा कारबाहीका लागि प्रहरी वृत्त वानेश्वर पठाइएको ट्राफिक कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4