+
+

घरभित्र किरा परेको अवस्थामा पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १९:२२

२८ असार, विराटनगर । विराटनगरमा रहेको एउटा घर भित्र किरा परेको अवस्थामा पुरुषको शव भेटिएको छ ।

विराटनगर महानगरपालिका-१३स्थित हिमालय आँखा अस्पतालको उत्तरतर्फ रहेको एउटा घरभित्र किरा परेको अवस्थामा मंगलबार पुरुषको शव भेटिएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले बताए ।

डिएसपी कार्कीका अनुसार मृतकको पहिचान नखुलेको प्रहरीले बताएको छ ।

सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको घरभित्र अन्दाजी ४५-५० वर्षीय पुरुषको शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

उनका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?