२८ असार, काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकारको बजेट खर्चले रफ्तार दिएसँगै बैंकहरुको निक्षेपमा पनि सुधार भएको छ । असार लागेपछि मात्रै वाणिज्य बैंहरुको निक्षेप १ खर्बले बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गारएको तथ्यांक अनुसार जेठ मसान्त २०७९ मा वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब रहेको थियो । ३ असारमा निक्षेप केही घटेर ४३ खर्ब ९४ अर्बमा झरेको थियो । २४ असारमा आउँदा बैंकहरुको निक्षेप बढेर ४४ खर्ब ९४ अर्ब पुगेको नेपाल बैंकर्स संघले जनाएको छ । पछिल्लो एक सातामा मात्रै बैंकहरुको कुल निक्षेप ६२ अर्बले बढेको हो । १७ असारमा वाणिज्य बैकहरुको कुल निक्षेप ४४ खर्ब ३२ अर्ब थियो ।
चालु आर्थिक वर्ष लागेपछि भने बैंकहरुको कुल निक्षेप २ खर्ब ९३ अर्बले बढेको छ । असार मसान्त २०७८ मा ४२ खर्ब १ अर्ब रहेको निक्षेप २४ असार, २०७९ मा आउँदा ४४ खर्ब ९४ अर्ब पुगेको हो । कुल निक्षेपमा विदेशी मुद्राको अंश १ खर्ब ६ अर्ब छ भने स्वदेशी मुद्राको अंश ४३ खर्ब ८७ अर्ब छ ।
असार लागेपछि निक्षेपमा वृद्धि भएपनि कर्जा भने घट्दो ‘ट्रेन्ड’ मा छ । जेठ २०७९ मा ४१ खर्ब ९३ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल कर्जा २४ असारमा आउँदा १९ अर्बले घटेर ४१ खर्ब ७४ मा झरेको छ । असारमा निक्षेप बढेर कर्जा घटेपनि चालु आर्थिक वर्षमा भने निक्षेप भन्दा कर्जा विस्तार उच्च रहेको छ । असार मसान्त २०७८ मा ३७ खर्ब २१ अर्ब रहेको वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४ खर्ब ५३ अर्बले बढेर ४१ खर्ब ७४ अर्ब पुगेको नेपाल बैंकर्स संघको तथ्यांक छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमास सूरु भएदेखि नै कर्जा लगानी करि रोकेका बैंकहरुले असारमा तरलता सहज बन्दै जााँद पनि कर्जा लगानी रोक्दा सीडी रेसियो पनि निर्धारित सीमाभित्र झरेको छ । २४ असारमा वाणिज्य बैकहरुको औंसत सीडी रेसियो ८८.५७ प्रतिशत रहेको बैंकर्स संघले जनाएको छ ।
प्रतिक्रिया 4