+
+
Shares

गगनको व्यंग्य : मेरो सुझाव गभर्नरलाई हो, एम अधिकारीले बुझ्नु भएमा क्षमा चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १२:१५

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि व्यंग्य गरेका छन् ।

एमालेको अर्थ योजना विभागमा एम अधिकारी, खोटाङ भनिएका व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको चर्चा छ । यो विषय बुधबार संसदमा समेत उठेको छ । माओवादी केन्द्रका सांसद रेखा शर्माले गभर्नर कुनै दलको विभागमा बस्न नपाइने भन्दै छानबिन गर्न माग गरेकी छन् ।

शुन्य समयमा बोलेका कांग्रेस महामन्त्री थापाले मौद्रिक नीतिबारे गभर्नरलाई सुझाव दिएका छन् । अर्थतन्त्रलाई चलायमान हुने गरी मौख्रिक नीति आउनुपर्ने भन्दै उनले भने, ‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’

गगनको भनाइ जस्ताको तस्तै

आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ ।

तरलताको अभाव, चुलिँदा व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिती, आकासिदो मुल्यबृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ ।

परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणाली बाहिर रहेको पैसालाई सिस्टममा ल्याउने र केही घरानाको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिमा गरिनुपर्छ ।

शेयर बजारमा सुधार गर्ने भनेर ४/१२ को नीति ल्याइयो । सरले ठूला घरानालाई पोस्ने, सानोलाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनुपर्छ । यसलाई सच्याइएन, बन्द गरिएन भने लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ताहरु सडकमा आइपुग्छन् ।

मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु । धन्यवाद ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?