+
+

कुमारी बैंकद्वारा धनवृद्धि मुद्दती निक्षेप योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १२:३६

काठमाडौं । कुमारी बैंक लिमिटेडले विविध निक्षेप मुद्दती योजनाहरु सार्वजनिक गरेको छ । बैंकका अनुसार मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिका लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्था तर्फ लक्षित छन् ।

निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरुले तोकिएको अवधि समाप्ति पछि आफ्नो सावाँ रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल (नियमानुसार लाग्ने करकट्टी पश्चात्) प्राप्त गर्न सक्ने छन् ।

व्यक्तिगत निक्षेपकर्ताले आफ्नो सावाँ रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी संस्थागत निक्षेपकर्ताले आफ्नो सावाँ रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् ।

यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्ने हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएको अवरोधको स्थितिमा केही सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ ।

नेपाली वित्तिय क्षेत्रमा हालसम्मकै व्यक्तिगत एवं संस्थागत मुद्दतीमा उच्चतम व्याजदर दिने मध्येमा यी योजनाहरु पर्ने बैंकले दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?