+
+
आईसीसी क्रिकेट विश्वकप लिग टु :

सोमपाल र आदिलको उत्कृष्ट बलिङ, स्कटल्याण्ड १४४ रनमा अलआउट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १९:१२

२९ असार, काठमाडौं । सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको छ ।

ग्लास्कोमा टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेका थिए ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोलीलरे गेभिन मेइनको अर्धशतक मद्दमा स्कटल्याण्डले ४२.२ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

९४ रन बनाउँदा ९ विकेट गुमाइसकेको स्कटल्याण्डका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका गेभिनले हमजा ताहिरसँग मिलेर १०औं विकेटका लागि ४९ रनको साझेदारी गरे । ५९ बल खेल्दै उनले ७ चौका र १ छक्का मद्दतमा अविजित ६४ रन बनाए ।

१० ओभरको पावर प्लेमा २९-३ को अवस्थामा रहेको स्कटल्याण्डले १२ ओभर भित्रनै पहिलो ५ विकेट गुमाएको थियो भने जम्मा ३३ रन मात्र बनेको थियो । त्यसपछि मार्क वाट, सफ्यन सरिफ र गेभिनले इनिङ्स सम्हाले । वाटले १७ र सरिफले १६ रन जोडे । कलुम क्यालोडले १३ रन बनाए ।

स्कटल्याण्डलाई अलआउट गर्न सोमपाल र आदिलले ३-३ विकेट लिए । आदिलले १० ओभरमा १ मेडन राखेर ३१ तथा सोमपालले १० ओभरमा ४० रन खर्चिए ।

कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । करण केसीले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

सोमपालले खेलको दोस्रो ओभरमै म्याथ्यु क्रसलाई आउट गर्दै नेपाललाई सफलता दिलाएका थिए । करण केसीले सातौँ ओभरमा कलुम म्यालोडलाई आउट गरे । त्यसपछि सोमपाल र आदिल मिलेर स्कटिस मिडल ओभर ध्वस्त पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?