+
+

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते २१:१६

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकले बजेट पारित भएको हो । प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले विपक्षमा मत दिएका थिए ।

असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । तर प्रतिपक्षी एमालेसँगै सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरेपछि २८ दिनसम्म प्रदेशसभा बैठकमा चल्न सकेको थिएन ।

बुधबार प्रदेश सरकारले एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक जनता समाजवादी पार्टीका माग सम्बोधन गर्न सकारात्मक रहेको भन्दै १४ बुँदे सहमति गरेपछि प्रदेशसभा बैठक बस्यो, जहाँ प्रदेशसभा सदस्यहरूले बजेटमाथि छलफल गरेका थिए । प्रदेशसभा सदस्यहरुले बजेट संशोधन गर्नुपर्ने भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए ।

जवाफमा आर्थिक मामिलामन्त्री रावलले बजेटमा भएका कमीकजोरी सच्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?