+
+

श्रीलंका संकट : समयसीमा सकियो तर आएन राष्ट्रपतिको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते ८:४६

३० असार, काठमाडौं । १३ जुलाईसम्ममा राजीनामा दिने भनिए पनि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षले अझै पनि पद त्यागेका छैनन् । यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएका थिए । तर त्यसअघि नै उनी देश छाडेर मालदिभ्स गएका छन् ।

गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री विक्रमासिंघेले सेना र प्रहरीलाई देशको सुरक्षा स्थिति सम्हाल्न निर्देशन दिएका छन् ।

बुधबार राति एक टेलिभिजन सम्बोधनको क्रममा उनले प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालय र राष्ट्रपति भवन छोड्न आह्वान गरे ।

प्रदर्शनकारीहरुले बुधबार प्रधानमन्त्री कार्यालय कब्जा गरेका थिए । त्यसअघि उनीहरुले राष्ट्रपति भवन पनि कब्जा गरेका थिए ।

बुधबार गोटाबाया राजापक्षले देश छोडेको खबर सार्वजनिक हुनासाथ प्रदर्शन थप उग्र बनेको थियो । स्थिति नियन्त्रणमा लिने प्रयासमा बुधबार राति कर्फ्यु लगाइएको थियो ।

देशमा संकटकाल पनि घोषणा गरिएको थियो ।

विपक्षीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार साजिथ प्रेमदासाले कार्यवाहक राष्ट्रपतिको रुपमा विक्रमासिंघेको नियुक्तिलाई तमासा भनेर टिप्पणी गरेका छन् । उनले भनेका छन्- एक सिटवाला सांसदलाई पहिले देशको प्रधानमन्त्री नियुक्त गरियो र अहिले त्यही व्यक्तिलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ । उनले यसलाई लोकतन्त्रको राजापाक्ष शैली भने आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?