+
+

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको प्रारम्भिक सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १०:५१

३० असार, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर हुने भएको छ । ३० असार आज दुई कम्पनीब बीच मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा सगरमाथा इनस्योरेन्सको तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जर सम्झौतासँगै नेप्सेमा दुबै कम्पनीको कारोबार रोक्का भएको छ । यही असार मसान्तमा प्रारम्भिक सम्झौता गरेर २०८० असार मसान्तमा एकीकृत कारोबार सञ्चालन गर्ने कम्पनीका सेयरधनीले २ वर्षसमम पूँजीगत लाभकर र लाभांशमा लाग्ने करमा छुट पाउनेछन् ।

तर, असार मसान्तपछि मर्जर सम्झौता गर्ने कम्पनीको लागि उक्त कर छुटलाई निरन्ताता बजेटले दिएको छैन । जसले गर्दा असार मसान्त नजिकिन लाग्दा बिमा कम्पनीमा मर्जरको लहर नै चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?