+
+

तेञ्जिङ लामा बने यामाहाको नयाँ वर्ष अफरको विजेता, पाए २० लाख ७९ हजार रुपैयाँ  

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १७:१२

काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सञ्चालन गरेको नयाँ वर्ष अफर योजनाको विजेता काठमाडौंका तेञ्जिङ लामा भएका छन् ।

‘२०७९ x १००० गुणाले खुसी बढाउँनुहोस्’ योजना अन्तर्गत उनले २० लाख ७९ हजार रुपैयाँ हात पारेका छन् । त्रिपुरेश्वरस्थित यामाहाको शोरुमबाट उनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । ‘लक्की ड्र’मार्फत् उक्त योजनाको विजेता घोषणा गरिएको थियो ।

कम्पनीको अनुसार नेपालमा सार्वजनिक गरिएको अफरहरूमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै नगद राशी भएको उक्त नयाँ वर्ष अफर १ चैतदेखि जेठको दोस्रो हप्तासम्म सञ्चालन गरिएको थियो ।

यसका अतिरिक्त, उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन कम्पनीको अधिकारिक शोरूमबाट खरिदपश्चात स्योरसट २०७९×४= ८ हजार ३१६ देखि २०७९×१००=२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्ने मौका पनि प्रदान गरिएको थियो ।

कम्पनीका अनुसार ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइटमा दैनिक रूपमा खेलाइएको डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जितेका थिए ।

बम्पर बिजेता लामाले पोखरास्थित भीएडब्लू इन्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सीसीको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रति लिटर ५८ किलोमिटर(औसतमा) माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ ।

यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले यस्तै आकर्षक अफर आगामी दिनमा पनि सञ्चालन गर्ने तयारी कम्पनीले गरिरहेको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?