+
+

हेलमेटभित्र भेटियो ५ लाख, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते २०:३४

३० असार, जनकपुरधाम । सर्लाही प्रहरीले श्रोत खुल्न नसकेको ५ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर रहेको प्रहरीले जनाएको छ ।

बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका ८ बाट पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

ठाकुरले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली ५ लाख ११ हजार ५ सय र भारु ५ हजार बरामद भएको उनले बताए ।

श्रोत खुल्न नसकेको रकमसहित पक्राउ परेका ठाकुरको बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?