३० असार, दक्षिण कोरिया । कोरियामा कार्यरत एक नेपालीको बिहीबार कार्यस्थल दुर्घटनामा परी मृत्यु भएको छ । भोजपुर घर भई याङसानमा कार्यरत तीर्थ पाण्डेको मृत्यु भएको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए ।
काम गरिरहेकै अवस्थामा मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको सहकर्मीलाई उद्धृत गर्दै राईले बताए । ईपीएसमार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए । सोही कम्पनीमा दुर्घटनामा परी गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।
मृतक पाण्डेको शव याङसान अस्पतालमा राखिएको छ । घटनाका विषयमा नेपाली दूतावासलाई जानकारी गराईसकिएको र दूतावासले परिवारलाई खबर गर्ने तथा अन्य कानुनी प्रकृया जारी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4