+
+

साढे २ वर्षपछि संघीय संसदले आज उपसभामुख पाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते ७:४३
उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल र विद्या भट्टराई ।

३१ असार, काठमाडौं । संघीय संसद (प्रतिनिधि सभा)ले साढे दुई वर्षपछि आज उपसभामुख पद पाउने भएको छ ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि बिहीबार नै उम्मेदवारी दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको छ ।

उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् ।

भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार ।

हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

संसद सचिवालयका अनुसार मतदानको समय दिउँसो तीन बजेलाई निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?