+
+

यादव भन्छन् : सम्भव भएसम्म गठबन्धन गरेरै अघि बढ्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते ११:०१

३१ असार, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संभव भएसम्म गठबन्धन गरेर नै आम चुनाव लड्ने बताएका छन् ।

वीरगञ्जमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै यादवले देशलाई अप्ठ्यारो परेको बेलामा र देशले गठबन्धनको आवश्यकताल ठानेको बेला त्यसलाई मध्यनजर गरेर गठबन्धन गरेर अघि बढ्न बताए ।

उनले चुनावमा तालमेल गर्ने निर्णय भने यो बैठकले नगरेको स्पष्ट पारे । उनले भने, ‘गठबन्धन संभव नभए एक्लै पनि चुनाव लड्ने हो, हामी एक्लै चुनाव लड्न पनि तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?