+
+
आर्थिक वर्ष २०७८/०७९ :

एक वर्षमा सेयर लगानीकर्ताले गुमाए ११ खर्ब पूँजी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते २०:४७

३१ असार काठमाडौं । सेयर बजारका लगानीकर्ताका लागि आर्थिक वर्ष २०७८÷०७९ सुखद् रहन सकेन । अनेक नयाँ रेकर्ड बनेका वर्ष लगानीकर्ताको लागि भने निराशाजनक रह्यो ।

आर्थिक वर्ष ७८÷७९ मा नेप्से परिसूचक ८७३.९२ अंकले घटेको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से २८८३.४० अंकमा बन्द हुँदा धितोपत्र बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको कारोबारको अन्तिम दिन शुक्रबारको कारोबार पश्चात् नेप्से परिसूचक २००९.४६ को विन्दुमा बन्द भएको छ ।

नेप्सेमा ओरालो लाग्दा बजार पूँजीकरण पनि एक वर्षमा ११ खर्ब ४१ अर्ब ६२ करोडले घटेर २८ खर्ब ६९ अर्ब ३४ करोड लाखमा झरेको छ ।

आर्थिक वर्षको सुरुआतमा बजार परिसूचक नेप्सले अहिलेसम्मकै नयाँ उचाई कायम ग¥यो । आर्थिक वर्षको सुरुमा कारोबार रकम र बजार परिसूचकले नयाँ उचाइ कायम गर्दै सकारात्मक देखिएको सेयर बजारमा भदौबाट नै घट्न सुरु भयो ।

२ भदौ, २०७८ मा नेप्से ३१९९.०३ अंकको ऐतिहासिक उचाइमा पुग्दा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाखसम्म पुग्यो । तर, त्यसपछि घट्न सुरु भएको नेप्से आर्थिक वर्ष सकिंदा उक्त विन्दुबाट ३७.१९ प्रतिशतले गिरावट भएर बन्द भएको हो ।

नेप्से घटेसँगै बजार पूँजीकरण पनि ओरालो लाग्यो । २ भदौमा ४४ खर्ब ६८ अर्ब ५० करोड ५४ लाख रुपैयाँसम्म पुगेको बजार पूँजीकरण ३५.७९ प्रतिशतले गिरावट भएर २८ खर्ब ६९ अर्ब ३४ करोड ४२ लाखमा झरेको हो ।

भदौमा ऐतिहासिक रेकर्ड बनाएपछि राष्ट्र बैंकको मौद्रिक नीतिले सेयर कर्जामा गरेको कडाइ, बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव, बढ्दो ब्याजदर, कोभिड र त्यसपछि रसिया युक्रेन युद्ध जस्ता कारणले विश्व अर्थव्यवस्थामा परेको प्रतिकुल प्रभावले गर्दा सेयर बजार ओरालो लाग्यो । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमले अर्थतन्त्रमा असर गरेको थियो,’ सेयर लगानीकर्ता नवराज दाहाल भन्छन्, ‘यस्तो बेलामा नियामक निकायहरुले पनि सेयरबजारलाई नकरात्मक असर पर्ने नीति लिए जसको प्रभाव बजारमा परेको हो ।’

९ असार २०७९ मा नेप्से १८४८.२८ अंकसम्म झर्‍यो । ४ असारमा ‘इन्ट्रा–डे’ कारोबारमा १८०६.९५ अंकसम्म झरेको नेप्से त्यसपछि भने केही बढेको छ । ‘शेयर बजार सधैं बढ्ने र सधैं घट्ने हुँदैन’, दाहाल भन्छन्, ‘लगानीकर्ताले आफ्नो जोखिम हेरेर र अध्ययन गरेर लगानी गर्नु राम्रो हुन्छ ।’

कारोबारमा ऐतिहासिक वर्ष

चालु आर्थिक वर्ष कुल २३२ दिन सेयर कारोबार भएको छ । आर्थिक वर्षभरी ११ खर्ब ७९ अर्ब २६ करोड ८८ लाख ५९ हजार ९९ रुपैयाँको सेयर कारोबार भएको छ ।

आर्थिक वर्षभरी कारोबार भएको दिनमध्ये ३१ साउन २०७८ मा सबै भन्दा धेरै २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएको थियो । जुन नेप्सेमा हालसम्म एक कारोबार दिनमा भएको अहिलेसम्मकै उच्च कारोबार हो ।

आर्थिक वर्षको सुरुवातका कारोबार रकम उच्च भएपछि पछिल्ला दिनमा क्रमशः नेप्से घट्दै जाँदा कारोबार रकम पनि घट्दै गयो । २०७९ असार ३ गते शुक्रबार आर्थिक वर्षकै न्युन ७३ करोड ६३ लाख १२ हजारको कारोबार भएको थियो । असारबाट नेप्सेमा ६ दिन कारोबार सुरु हुँदा शुक्रबार २ घण्टा मात्रै कारोबार हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?