+
+

दहितमाथि खनिए राठौर : १० पार्टी चाहार्दै आउनेले मलाई आरोप लगाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १८:११

३२ असार,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री किशोर सिंह राठौर र केन्द्रीय सदस्य गोपाल दहितबीच आरोप प्रत्यारोप भएको छ ।

बर्दियाका यी दुई नेताबीच आफ्नै जिल्लाको निर्वाचनलाई लिएर वाद विवाद भएको हो । अघिल्लो दिनको बैठकमा केन्द्रीय सदस्य गोपाल दहितले स्थानीय चुनावमा राठौरले आफ्नै वडामा कांग्रेसलाई जिताउन नसकेको आरोप लगाएका थिए ।

शनिबार सहमहामन्त्री राठौरले दहितको उक्त आरोपको प्रतिवाद गरेका हुन् । बैठकमा राठौरले भने, ‘१० पार्टी चाहार्दै आउनेले मलाई आरोप लगाउने ?  मेरो वडाको चुनावी समीकरण तपाईंलाई थाहा छैन । पार्टी फेर्दै हिड्नेले मेरो बारेमा प्रश्न उठाउने ?’

राठौर दहितविरुद्ध खनिएपछि सभापति शेरबहादुर देउवाले उनलाई रोकेका थिए । पदाधिकारी भएको व्यक्ति केन्द्रीय सदस्यविरुद्ध नलाग्न भन्दै देउवाले उनलाई सम्झाएका एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?