+
+

गगन थापाले भने : आफ्नै सरकारको बचाउ गर्न सक्ने अवस्थामा छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १९:२४

३२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको वचाउ गर्न सक्ने अवस्था नभएको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै उनले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गरेका आफूहरुलाई अहिले आफ्नै सरकारको वचाउ गर्न गाह्रो भएको बताएका हुन् ।

‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं ? आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ ?’ उनले भने, ‘हिजो ओली सरकारको तीव्र आलोचना गर्‍यौं । आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’

पार्टीले अर्थ मन्त्रालय आफ्नो भागमा नराखेर गल्ती गरेको पनि महामन्त्री थापाले बताएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनले आफूहरुलाई पार्टीभित्र घेराबन्दी गर्न खोजे चुप लागेर नबस्ने पनि बताए । ‘घेराबन्दी गर्ने खेल भइरख्यो भने हामी पनि निर्वाचित महामन्त्री हौं । चुप लागेर बस्दैनौं’ उनले भने ।

केन्द्रीय सदस्यहरुले महामन्त्री भएर गुटको भेलामा सहभागी भएको भन्दै उठाएको प्रश्नको पनि जवाफ दिए । उनले पार्टीमा अपमान नगरे गुटको भेला बस्नै नपर्ने पनि बताए ।

‘विगतमा कहाँ कसले भेला गरे, त्यो फोटो गुगल हेरेर देखिन्छ । ठूलो घर हुनेले ठूलो घरमा बैठक बोलाए, सानो घर हुनेले पार्टी प्यालेसमा बोलाए, के गल्ती भयो ?’ महामन्त्री थापाले प्रश्न गरे ।

विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ सहनुपरेको भन्दै थापाले अहिले पार्टीभित्रै दम्भ सहनुपरेको बताए । ‘ओलीले दम्भ देखाए, उनको पार्टी फुट्यो । ओलीको दम्भको विरोध गर्ने हामीले पार्टीको दम्भ सहनुपर्ने ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?