+
+

लिग टु क्रिकेट : नेपाललाई २०० रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १९:३०

३२ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबियाले नेपाललाई २०० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनायो ।

नामिबियाका लागि कप्तान जेरार्ड एरासमसले सर्वाधिक ५३ रन बनाए  । डेभिड विजाले ३४ र डिभान ला कुक र जेजे स्मिथले समान २७ रन जोडे ।

बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए  । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २- २ तथा वसिर अहमदले १ विकेट लिए ।

नामिबियाविरुद्ध ४ विकेट लिएपछि लिग टु मा सन्दीपको विकेट संख्या ४१ पुगेको छ र उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा उक्लेका छन्  ।

ओमानका बिलाल खानले सर्वाधिक ७६ विकेट लिएका छन् । लिग टु मा नेपालले खेलेको सबै १९ खेल खेल्ने सन्दीप नेपालका एक्ला खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?