+
+

दयाहाङ, सौगात, खगेन्द्र र निश्चलबीच नयाँ फिल्ममा होला सहकार्य ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते ११:०६

काठमाडौं । शनिबार बेलुका दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, यज्ञश र निश्चल बस्नेतबीच बालुवाटारको एक रेस्टुरेन्टमा जमघट भयो । घरेलु फिल्मका यी ‘ठूला नाम’को भेटघाटमा स्वभाविक रुपमा फिल्म सहकार्यको कुरा त हुने नै भयो ।

यी चर्चित फिल्मकर्मीको सहकार्य कस्तो रहला ? भेटपछि अनलाइनखबरसँग कुरा गर्दै निर्देशक तथा अभिनेता लामिछानेले सम्भावित फिल्म प्रोजेक्टलाई लिएर आफूहरुबीच छलफल भएको बताए ।

‘यो क्याजुअल भेटघाट हो । यद्यपि हामीले फिल्म प्रोजेक्टबारे छलफल चलायौं । भविष्यमा यसले फिल्म वा अन्य आकार पनि लिनसक्छ,’ लामिछाने भन्छन् ।

फिल्म लेखक तथा समीक्षक यज्ञशले पनि फिल्ममा सहकार्य गर्न सकिनेबारे छलफल भएको बताए । ‘फिल्मकै कुरामा सहकार्यबारे छलफल भएको हो,’ उनले भने, ‘विस्तृत कुरा चाँडै बाहिर आउला ।’

दयाहाङ र सौगात अभिनित ‘कबड्डी ४’ ले ५१ दिन मनाएको छ भने निश्चल नयाँ फिल्मको तयारीमा छन् । खगेन्द्र निर्देशित ‘पानीफोटो’ प्रदर्शनको तयारीमा छ । लेखक तथा समीक्षक यज्ञश पनि फिल्म लेखनमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?